IME Life New

जलवायु परिवर्तनको बितन्डा, हिमनदी फुट्दा स्विट्जरल्यान्डको एउटा सुन्दर गाउँ नै गायब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विट्जरल्यान्डको सुन्दर गाउँ ब्लाटेन एउटा भयानक प्राकृतिक प्रकोपले ध्वस्त भएको छ।

घटना मे २८ को हो। बर्च हिमनदीको ठूलो भाग फुटेर गाउँमा खस्यो। जसले गर्दा हिउँ, हिलो र ढुंगाको बाढी आयो। गाउँको ९० प्रतिशत भाग भग्नावशेषमुनि पुरियो। बाँकी घर बाढीमा डुबे। वैज्ञानिकहरुका अनुसार यो जलवायु परिवर्तनको खतरनाक परिणाम हो।

Esewa
Crest

ब्लाटेन स्विट्जरल्यान्डको भलाइस क्षेत्रको लोटसेन्टल उपत्यकामा रहेको एउटा सानो गाउँ हो। जुन बिट्सचोर्न पहाड मुनि अवस्थित छ। त्यस दिन दिउँसो ३ः३० बजे बर्च हिमनदीको एक विशाल भाग (लगभग १५ लाख घन मिटर) फुटेर गाउँमा पस्यो।

हिमपहिरोमा हिउँ, हिलो र ढुंगाले गाउँलाई पूर्ण रूपमा गाडेको थियो। सामाजिक सञ्जालमा ड्रोन र भाइरल भिडियोहरुले कसरी गाउँलाई ठूलो धुलोको बादलले ढाकिरहेको देखाएको थियो। वैज्ञानिकहरुले हिमनदी अस्थिर रहेको चेतावनी दिएकाले मे १९ मा गाउँका ३०० बासिन्दालाई पहिले नै खाली गराइएको थियो। जसमा एक ६४ वर्षीय पुरुष बेपत्ता थिए। बिहीबार (मे २९) मा भग्नावशेष अस्थिर भएका कारण उनीहरुको खोजी रोकिएको थियो।

हिमपहिरोले लोन्जा नदीलाई अवरुद्ध गर्यो। जसले गर्दा ठूलो कृत्रिम ताल बन्यो। तालको पानी हरेक घनटा ८० सेन्टिमिटरले बढ्दै गइरहेको छ, जसले गर्दा बाँचेका घरहरु डुबानमा परेका छन्। नजिकैका गाउँहरुबाट केही मानिसलाई पनि बाहिर निकालिएको छ।

भलाइस सुरक्षा प्रमुख स्टेफन गान्जरले भने, ‘यो भग्नावशेषले फर्डन बाँध भत्काउँछ भने थप विनाश हुन सक्छ।’ तर, बाँध पहिले नै खाली गरिएको छ। ता कि यसले अतिरिक्त पानी रोक्न सकोस्। ५० स्विस सेनाका कर्मचारी, पानी पम्प र भारी मेसिनरी राहत कार्यका लागि तयार छन्।

वैज्ञानिकहरुका अनुसार यो विपत्ति जलवायु परिवर्तनका कारण भएको हो। स्विट्जरल्यान्डमा हिमनदीहरु द्रुत गतिमा पग्लिरहेका छन्। पर्माफ्रस्ट (सधैँ जमेको माटो) पनि पग्लिरहेको छ। यो पर्माफ्रस्टले पहाडहरुलाई स्थिर राख्ने काम गर्छ। जब यो पग्लन्छ, चट्टान र हिमनदीहरु अस्थिर हुन्छन्।

स्विट्जरल्यान्डको हिमनदी अनुगमनका प्रमुख माथियास हसले भने, ‘सयौँ वर्षमा यस्ता घटनाहरु देखिएको छैन। यो जलवायु परिवर्तनको परिणाम हो।’

सन् १९७० को दशकदेखि स्विस आल्प्सको तापक्रम ३ डिग्री सेल्सियसले बढेको छ। सन् २००० देखि ४० प्रतिशत हिमनदीहरु पग्लिएका छन्। सन् २०२२ र २०२३ मा १० प्रतिशत बरफ हराएको छ।

ब्ल्याटनका मेयर माथियास बेलवाल्डले भने, ‘हामीले हाम्रो गाउँ गुमायौँ तर हाम्रो मनोबल भाँचिएको छैन। हामी पुनर्निर्माण गर्नेछौँ। तर, यो आघात यहाँका बासिन्दाहरुको लागि धेरै ठूलो छ।’

एक महिलाले भनिन्, ‘मैले हिजो सबै कुरा गुमाएँ।

नजिकैको रिड गाउँकी वर्नर बेलवाल्डले भनिन्, ‘सन् १६५४ मा बनेको मेरोको पुर्खाको घर पनि भग्नावशेषमुनि पुरिएको छ। अहिले यस्तो देखिन्छ कि त्यहाँ कहिल्यै बस्ती थिएन।’

स्विट्जरल्यान्डमा यस्तो विपत्ति आएको यो पहिलोपटक होइन। सन् २०२३ मा पूर्वी स्विट्जरल्यान्डको ब्रिएन्ज गाउँलाई पनि हिमपहिरोको डरले खाली गरिएको थियो। सन् २०१७ मा बोन्डो गाउँमा हिमपहिरोले ८ जनाको ज्यान लियो।

यो घटना जलवायु परिवर्तनको एउटा ठूलो उदाहरण हो। वैज्ञानिकहरु भन्छन्, ‘यदि हरितगृह ग्यास उत्सर्जन रोकिएन भने स्विट्जरल्यान्डका हिमनदीहरु सन् २१०० सम्ममा पूर्ण रुपमा गायब हुन सक्छन्।’

सन् २०२४ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष मानिएको थियो। जसले हिमनदीहरुलाई अझ कमजोर बनाएको छ।

ब्लाटेन गाउँको विनाशले सम्पूर्ण संसारलाई जलवायु परिवर्तनको खतराको सम्झना गराएको छ। ३०० जना घरबारविहीन भएका छन्। एकजना अझै बेपत्ता छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS