Connect IPS
IME Life

अरुण काबेली पावरको साधारण सभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडको १०औं वार्षिक साधारण सभा भोलि हुँदैछ । कम्पनीको कार्तिक २७ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दशौँ वार्षिक साधारण सभा भोलि कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

सभामा कम्पनीका शेयरधनीहरूलाई ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS