काठमाडौं । नेप्से १५ दशमलव ५७ अंकले घटेर २०५५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।दिनभरिमा २ सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको १ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयरको ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर ९ दशमलव ९५ प्रतिशतले बढेको छ।विशाल बजारको शेयर ६ दशमलव ९७ प्रतिशतले घटेको छ भने साल्ट टेडिङ्को शेयर ९ दशमलव ९४ प्रतिशतले घटेको छ।