काठमाडौँ । साहस उर्जा कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमिटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरे ।
कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावितक्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्नेछ ।
यस कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो