काठमाडौं । नेप्से २९ दशमलव ६८ अंकले बढेर १,८१० दशमलव ११ को विन्दुमा कायम भएको छ । होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ३७ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, आज बोर्टलर नेपाल (तराई)को शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टीलरीको शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
सोल्टि होटलको शेयर ३ दशमलव २० प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ३ दशमलव ०७ प्रतिशतले घटेको छ ।