Connect IPS
IME Life

‘सिड स्टार्स वोर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजी विजयी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमार्डौं । नेपालमा खानेपानी समितिहरूलाई डिजिटवलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजी प्रा.लि. ‘सिड स्टार्स वल्र्ड प्रतिश्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ ।
नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रैतिश्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो । मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवशर प्राप्त गर्नेछ ।

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले  ‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै हर्षित छौँ । हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ’।

Prabhu
Crest

नेपालमा दियालो टेक्नोलोजिले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङ देखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ । यस्तै दियालोले सार्बजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ ।

यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS