IME Life New

सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरी ल्यायो उपहारै उपहार योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ । योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट डब्लुडब्लुडब्लुडट /सिजीइन्सपायरिङलाइफडटकम /क्याटोगरी/ फेस्टिभअफर्स/ बाट बुकिङ गरेर खरिद गर्नुपर्ने जनाएको छ ।

यसरी खरिद गरेर बम्पर उपहारमा ३ भाग्यशाली विजेताले सिजीको माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र स्पिकर प्राप्त गर्नेछन् । यसमा २० देखि ४३ इन्चसम्मको टिभी खरिदमा ३० प्रतिशतसम्म नगद छुट पनि दिइने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सोभन्दा ठूलो टिभी खरिदमा भने नगद छुटका साथमा सिजीकै स्पिकर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साइड बाई साइड र मल्टी डोर रेफ्रिजेरेटर खरिदमा सिजी ब्रान्डको मिक्स्चरका साथै नगद छुटको पनि पाइने छ ।

डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको प्रेसर कुकर उपहार राखिएको छ । सिंगल डोर रेफ्रिजेरेटरमा पनि आकर्षक नगद छुट राखिएको छ । फ्रन्टलोड वासिङ मेसिनमा भने मिक्स्चर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा आइरन, माइक्रोवेभ ओभनमा कुकिङ किट उपहार राखिएको समेत कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS