काठमाडौं । केयर रेटिङस नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको भाद्र ३० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा कार्तिक ३ गते सोमबार, केयर रेटिङस नेपाल लिमिटेड, दोश्रो तल्ला, स्टार मल, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु हुने जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।