काठमाडौं । नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ।
मन्त्रालयका अनुसार आज १ हाजर १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।आज १४२०९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।