“जीवन बीमा भनेको जिवित रहदा आफुलाई र जिवित नरहदा आफ्ना प्याराहरु का लागि आर्थिक सुरक्षा सुनिश्चित गर्ने एक मात्र न्युनतम तथा नियमित अग्रिम प्रिमियम भुक्तानी गर्नुपर्ने शर्तमा प्रिमियम अनुसारको सुविधा तथा फाइदाहरु सुनिश्चित गरिएको दुई पक्षबीचको सम्झौता हो।’
बीमा सेवा कि व्यापार?
बीमा बजार, बीमा गर्न चाहने व्यक्ति बीमित, बीमा गराउन तालिम प्राप्त अभिकर्ता र बीमित तथा अभिकर्ता लाई एक आपसमा जोड्ने बीमा कम्पनी बिचको अन्तर सम्बन्धमा आधारित अर्थ अर्थात् धन परिचालन संग सम्बन्धित व्यापार हो। जसभित्र एउटै व्यापारी समुहको लगानी एउटै क्षेत्रमा (बीमा) फरक फरक कम्पनीको नाममा गरेको पाइन्छ। कम्पनीको बिज्ञापन समेत सोही प्रकारले उदाहरण दिएर बीमाकर्मी लाई तालिम दिइएको पाइन्छ।
यसरी बीमा व्यापार भएका कारण अन्य सम्पूर्ण प्रकृतिको नाफामुलक व्यापारहरु भन्दा फरक तर सुरक्षित ढंगले पुँजी संकलन गर्ने माध्यमका रुपमा रहेको देखिन्छ । नेपालमा चलेको व्यापारिक घरानाहरुलाई उच्च मुनाफा दिने व्यापारिक क्षेत्रमा जीवन तथा निर्जीवन बीमा दुवै लगानीको प्रमुख क्षेत्रमा पर्दछन। हुन् सक्छ कतिपय पाठक लेखकको विचार विपरीत बीमा लाई सेवामुलक क्षेत्र मानेर बजारमा उतारिएका होलान् तर लेखक त्यसरी बजारमा उतारिएका व्यक्तिहरु प्रति सहानुभूति मात्र प्रकट गर्न सक्दछ। किनभने सेवाभावको चेतना भरिएका पाठकले एउटै नामको बैंक, सोही नामको लघुबित्त, मर्चेन्ट बैंक , बीमा कम्पनी हरु बीचको बाहिरी र भित्री दुवै सम्बन्धको जानकारी राख्न सक्नुपर्दछ।
के तपाई सधैं सबैलाई ठग्न सक्नुहुन्छ ?
भनिन्छ, निमुखा र सर्वहारा लाई ति दुई शब्द कै आडमा बर्षौ सम्म बिभिन्न तवरले पछौटे बनाउन सकिन्छ, राजनीति गर्न उन्मुक्ति शब्दको विज्ञापन गरेर, व्यापार गर्न डर देखाएर, त कहिले अवसर देखाएर । सही हो र समाजमा यसका भोगी र रोगी दुवै पाइन्छन्। आर्थिक वर्ष २०७५/७६ असारमा लेखक ले एउटा बीमा गिरोहको होटलकाण्ड का बारेमा जानकारी पाए, त्यस होटलकाण्ड ले लेखकको ‘ निमुखा र सर्वहारा ‘ झैं सुन्दा मिल्ने अर्को शब्द ‘बेचारा’ प्रति गम्भीर ध्यानाकर्षण गरायो, मात्र २ लाख लगानी मा १ करोड को जोखिम बहन १ बर्ष डेटीङ ब्याक गरी कम्पनीलाई पदवी दिलाउन ‘बेचारा’ समुहलाई सरेन्डर भेल्यु र ऋण भेल्युको उपयोग गरीयो। ५ बर्ष मै प्रिमियम का रुपमा ब्याज लगानी वाट २००% फिर्ता गराउने लोभलाई पुनः होटल मै मादकोन्मुख गरी २०७६ असारमा गरेको २ लाख लगानी मा सरेन्डर वापत २०७७ श्रावण मा रु. १,३०,००० दिएर जिल्ल बनाइयो। यी ‘वेचारा’ समुहलाई निमुखालाई भन्दा फरक र तत्काल ढाल्न मिल्ने शब्द ‘लोभ’, स्थान “होटल’ र गन्धमा’ सोमरस’ प्रयोग गरियो।
जो कोही पनि स्वयम् वा उच्चाधिकारी को सहयोगमा यस प्रकारको हतकण्डा अपनाएर आफ्नो पेशा लाई अमर्यादित बनाउने कुकृत्य गर्दैछन् यसले समग्र पेशाक्षेत्र लाई नै प्रभावित गर्ने गर्दछ। जसको बहुआयामिक असर देख्न सकिन्छ । तपाइको पेशामा तपाईँको भगवान तपाईँको ग्राहकलाई त्यतिवेला सम्म मात्र ठग्न सक्नुहुन्छ जवसम्म उनिहरु ले सही व्यक्ति भेट्दैनन् , सही ज्ञान को कमि हुन्छ, र जुनदिन तिनीहरूले तपाईँको झुठ लाई समात्नेछन त्यो दिन मात्र तपाईँ लाई त्यसको कर्मफल ज्ञात हुनेछ।
जव तपाईँ बजारमा नाफामुलक बीमा व्यापारको प्रतिनिधि भएर जानुहुन्छ, तपाईंको नैतिक दायित्व जसलाई लेखक “आत्माको आवाज’ मान्दछन, त्यसको पालना जिवन पर्यन्त गर्नुहोस् भन्ने सल्लाह दिन चाहन्छ। प्राय: कमिशन कमाइन्छ भनेर उतारिका बीमाकर्मी बिशेषत: अभिकर्ता हरुलाई हिप्नोटाइज्ड व्यापारिकदुत मात्र नबनि प्रचलित बिमा ऐन २०४९ को नियम २२ख को समेत नियमित अध्ययन गरिरहन सल्लाह दिन चाहन्छ।
ग्राहकको सर्वोत्तम हित नै तपाईँको जित
मधेसीमुलको लोकल नेपाली नागरिकका हैसियतले लेखक गाउँदेहातमा चलेको उखान ‘अपन दही के खट्टा कोई नै कहै छई’ को साव्दिक अर्थ आफु र आफ्नो वस्तुलाई नराम्रो कसैले भन्दैन भन्ने कुरा बुझाउँछ। बर्तमान समयमा लेखकले राम्रो र नराम्रो छुट्याउन नसक्ने हिप्नोटाइज्ड बीमाकर्मीको व्यापारीक मान्यता बाहेक “आत्माको आवाज’ बिर्सेर आफ्नै नातागोता, साथीभाई, इष्ट मित्र लाई आर्थिक सुरक्षाको नाममा आर्थिक नोक्सानी हुने, जिवित रहनुभन्दा मर्दा फाइदा हुने, तत्कालीन बिभिन्न तहहरुको कमिशनको लोभमा वास्तविक कुरा लुकाइ केवल व्यक्तिगत स्वार्थपूर्ति गर्न लागिपर्ने, जसरी पनि नजिक कै नातेदारलाई अरुले देखाएको अवास्तविक सपनाका कारण घाटामा पार्न खोज्ने, जीवन बीमाका नाममा मरण बीमा बेचिरहेका प्रति खेद प्रकट गर्दछन। पेशागत भएर काम गर्ने लाई लेखकको सल्लाह ‘तपाईँले काम गर्न कम्पनी छनौटको केन्द्र कमिशन कहिल्यै नबनाउनुहोस्।’
(झा बीमा क्षेत्रमा आबद्द छन् )