काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ ।त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।