IME Life New

पिसिआर रिपोर्टबारे छलफल गर्दै बीमा समिति, कोरोना बीमा मापदण्ड आजै संशोधन हुनसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रुटीपूर्ण कोरोना बीमा मापदण्डको कारण कोरोना पीडितले बीमा दावी भुक्तानी लिनै नसक्ने अवस्था सिर्जना भएपछि बीमा समितिले आजबाट छलफल सुरु गरेको छ । बीमा समितिले गत साउन १ गते जारी गरेको कोरोना बीमा मापदण्ड त्रुटीपूर्ण रहेको समाचार इन्स्योरेन्स खवरले प्रकाशित गरेको थियो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा परिक्षण गराई आएको कोरोना पोजेटिभ रिपोर्टलाई मात्रै मान्यता दिने गरी बीमा समितिले कोरोना बीमा मापदण्ड जारी लागू गर्न गत बिहिवार सबै बीमा कम्पनीहरुलाई थप निर्देशन जारी गरेको थियो । त्रुटीपूर्ण मापदण्डका कारण राजधानीकै शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल, धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगायतका पिसिआर परिक्षणका लागि अत्याधुनिक मेशिन जडान गरिएका ठूला सरकारी अस्पतालकै रिपोर्ट अमान्य हुने भएपछि बीमा समिति उक्त मापदण्ड संशोधन गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल सुरु गरेको हो ।

Esewa
Crest

बीमा समितिमा सुरु भएको छलफलमा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डे सहितका तीन जना पदाधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS