काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ अर्ब बराबरको सरकारी ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले तीन चरणमा निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो ।
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी निष्कासन भएको उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको हो ।
सरकारले राष्ट्र बैंक मार्फत वार्षिक ६ दशमलव ८९ प्रतिशत ब्याजदरको ३ वर्षे अवधिको ३५ अर्ब रुपैयाँ बराबरको २०८० “घ”, ५ वर्षे अवधिको वार्षिक ६ दशमलव ९७ प्रतिशत ब्याजदरको ३० अर्ब रुपैयाँ बराबरको २०८१ “घ” र ५ वर्षे अवधिको वार्षिक ६ दशमलव ४९ प्रतिशतको ३५ अर्ब रुपैयाँ बराबरको २०८२ “घ” विकास ऋणपत्र निष्कासन गरेको थियो ।