चिनको वुहानबाट सुरु भएको एउटा नयाँ र नौलो किसिमको भाइरस जसलाई पछी चिनले कोरोना प्रजातिको हो भनेर पुष्टी गर्दा अनि चिनले आफ्ना जनतालाई सुरक्षित राख्नको लागी वुहान शाहरलाई पुर्णरुपमा बन्द गरेपछी एउटा नयाँ शब्द लकडाउन खुबै प्रचलित भयो । आज भन्दा ९ महिना अगाडी सुरु भएको यो शिलशिला एतिकै कहाँ रोकियो र ? यो त केहि महिनामै बिस्वका करिब-करिब सबै देशको बिस्व भ्रमणमा पुग्न सफल भयो अनि सुरु भयो असलि कोरोनाको कह र !!
कोरोनाको डर र भयले एस्तो सँग गाज्यो कि एक पछी अर्को देशले चिनले अपनाएको तेही पद्दतिलाई ठीक ठाने अनि सुरु भयो लकडाउनको नेपाली भर्सन्, सुरुका केहि दिन र हप्ता त सबैलाई रमाईलो मै बित्न थाल्यो, धेरै बिदा नपाउने कर्माचारी अनि बर्षा भरी जस्तै खुल्ने निजी संस्था, स्कुल अनि सम्पुर्ण मानव गतिबिधी घर बाहिर बन्द हुँदा ढुक्क साथ घरमा बिताउन पाउँदा साँच्चिकै चैत्र महिनामा धेरै कमले मनाउने दशैँ यो बर्ष राम्रो दशैँ बन्न पुज्ञो । चैत्र ११ गतेबाट सुरु भएको लकडाउन हप्ता अनि महिना हुँदै ३ महिना बिते पछी अब भने सबैलाई वाक्क लाग्दो र दिक्दार लाग्दो भएको अनुभुती हुन थाल्यो अनि त्यो भन्दा बढी सबै किसिमका बन्द ब्यापार नखुल्दै सरकारले असार मसन्तमा कार तिर्न जारी गरेको उर्दीले अब भने लक डाउनको बिकल्प देउ भ न्दै ब्यापारी नै सडकमा आउन थाले पछी केहि निर्णय सकारात्मक पनि आए तर के ति साँच्चिकै राहत नै बोकेर आएका थिए कि मात्र बन्द ब्यापार खुलुन अनि सरकारलाई चाहे जती कर आवोस अनि बहालमा भ्एका ब्यब्सायीले भाडा, बैँक ब्याज अनि तलब भत्ता र अन्य खर्च गर्न थालुन भन्ने कुत्सित मनशाय थियो ।
अब सुरु हुन्छ ब्यथाको कथा अनि पिडादायी समय तर मलम लगाइ दिने कस्ले ? मैले म आफु आबद्ध भएको क्षेत्र अटोमोबाईल भएकोले एसै क्षेत्रलाई मात्रै समेटेको छु तर मलाई लाग्छ आज देशै भरिका सम्पुर्ण ब्यापार ब्यब्सायी अनि उद्द्योगको कथा एउटै छ्, सिमित केहि छोडेर ।
मैले यो लेख लेख्दै गर्दा केहि घन्टा सोच मग्न पनि भए, किन मैले नै लेख्ने यहाँ त म भन्दा धेरै दिग्गज अनि सम्पुर्ण अटोमोबाईल क्षेत्रलाई प्रतीनिधित्व गर्ने स्ँघ सङ्ग्ठन अनि बिस्व प्रसिद्द ब्रान्ड भित्राउने आयतकर्ता पनि त छ्न्! कही कतै वहाँहरुले सरकारका सम्बन्धित निकाय सँग समन्बय गरी रह्नु त भएकै होला नि, बिशेष गरी अर्थ मन्त्रालय अनि रास्ट्र बैँक जहाँबाट अटोमोबाईल क्षेत्रले सँधै स्नेह र सरहानिय सहयोग पाउदै आएको नै छ ।
म नेपाल भित्रको अटोमोबाइल आयातकर्ताको डिलर भएकोले मैले सोच्दै गर्दा र भोग्दै गर्दा अनि कोरोनाको कहर पछी यो क्षेत्रले भोग्नु परेको जहर (नेपालीमा बिष्) को प्रभाव कहिले सम्म रही रहने हो अनि हामी डिलर ब्यबसायी कसरी अगाडी बढ्ने हो कि त ‘बन्द हुने हो कि त पलायन हुने हो’ यो मात्रै प्रस्नको बन्दी भइरहँदा अनि केहि नलेखी बस्नै सकिन ।
म भन्ने गर्छु हाम्रो ब्यबसाय र फिल्मी दुनिया उस्तै हो, हेर्दा भब्य शोरुम अकर्षक चिल्ला कार अनि ग्ल्यामर्, हो बस्ताव मै बिस्व भरी नै कार ब्यबसायको पहिचान नै एस्तै छ्, ठुला-ठुला अटो शो अनि सुन्दरी अनि अ-आफ्ना महङगा, सुरक्षित अनि आरामदायी कार तथा यसयुभि का प्रदर्शन अनि बास्तविकतामा कथा र पिडा आफ्नै, कमाइ भन्दा गुमाइ ज्यादा तर पनि छोडेर अरु कुरा गर्ने हिक्मत कम हुने वा त हुँदै नहुने । कयन पटक ग्रहाकले इन्डियाको मुल्य र नेपाल सरकारले लाएको भन्सारको हिसाब गरेर कनभिन्स गर्नु पर्दा कारमा भएका कती राम्रा फिचरको त कुरै हुँदैन अनि आफुले खरिद गरेको भ्याट बिल नै अगाडी राखेर उचित लागेको नाफा दिनुस यो कार लानुस भनेर सेल्स पनि क्लोज गरियो, अनि कती पटक त नगदमा खरिद गर्ने ग्राहक आउँदा साँच्चिकै देवता नै आउनु भयो भनेर नाफा नै नराखी बिक्री गरियो, यो भन्दै गर्दा एउटा गाडी बेच्दा एती नाफा र उति नाफा हुन्छ भन्नु हुनेहरुले मलाई नि कहाँ हुदो रहेछ देखाई दिनुस न भन्न मन लागिरहेको छ्, अनि फेरी किन बिना नाफा बेच्नु पर्यो भन्ने प्रश्न त आइहाल्छ नि, मैले सुरुवातमा नै उल्लेख गरेको छु म डिलर भएको हुँदा समयमा आयतकर्तालाई पैसो तिर्नौ पर्यो अनि बैँकलाई नि ब्य्याज बुझाउन पर्यो अनि हिसाब हुन्छ धेरै गुमाउनु भन्दा कम गुमाउनु ठिक हो भन्ने सिद्दान्तले यहाँ धेरै ठुलो भूमिका खेल्छ अनि बिक्री बढी हाल्छ्, अवस्था अनुकुल र १२ महिना नै बिक्री गर्न पाउदा गुमाउदा गुमाउदै गर्दा पनि केहि तलब खुवाउने र खाने कमाउदा अनि फिल्मी दुनियामा रमाउन पाउदा हर्षित नै हुन्छ ।
अटोमोबाईल क्षेत्र बिशेष गरेर बिक्री तर्फ भने चाँही हाम्रो लागी दशैँ अनि तिहारले अर्को ६ महिना ब्यापार धान्ने काम गर्छ्, किनकी नयाँ कार बिशेष गरेर चाँड पर्वमा नै लिने हाम्रो सँस्कृतीले यहाँ बिक्री बडाउछ ।
अब फर्कौ कोरोना र लकडाउन तर्फ, नयाँ गाडीका शोरुमले ल्याउने किसिम-किसिमका अफरले साँच्चिकै ग्राहकलाई लोभ्याउने भइ नै हाल्यो तर एस पटक त्यो पनि खासै काम गर्ने देखिएको छैन ।
यो क्षेत्र जस्ले देशको राजस्व योगदानमा राम्रै सहयोग गरेको छ्, तर यहाँ निर बिगत २–३ बर्ष देखी लागेको लोनको बन्देज अनि यो क्षेत्रलाई बिशेष गरेर रास्ट्र बैँकको पाबन्दीले १००० औँ सँख्यामा भन्सार मै स्टक थन्केर बस्नु पर्ने बाध्यकारी सिर्जना गरेको छ्, नाडाले मौद्रीक निती आउनु अगाडी ९०% सम्मको अटोलोन सुबिधा दिई कोरोनाको कहरले थलिएको ब्यापार बृद्धीमा सहयोग गर्न गभर्नर ज्युलाई चढाएको बिन्ती पत्र पक्कै पनि अर्थ मन्त्रालयको लकरमा नै थुनिएको छ होला !!!
अहिलेको जर्जर अवस्थाबाट अटोमोबाईल क्षेत्रलाई केहि भए पनि राहतको अनुभव दिलाउनलाई नाडाले सशक्त रुपमा सरकारलाई दवाब दिने कार्यको सुरु नगर्ने हो भने अबको दोस्रो लकडाउनको धक्का यो क्षेत्रले थेक्न सक्ने स्थिती छैन्, यहाँ मैले अलि बढी बिक्री तर्फको मात्र कुरा गरेको छु, अर्को तर्फ बिक्री पछिको सेवा दिने सर्भिस सेन्टर र अन्य वोर्कशपको अवस्था त झनै दयनिय छ्, कयन सँस्था त बन्द नै भइसके भने कतिपयले रोजगारहरुको बेतलबी बिदा र कर्मचारी नै कटौती गरीसके ।
मेरो एउटा प्रश्न सम्बन्धित सरोकारवालाहरु लाई छ्, के भएका कर्मचारी घटाउने, हटाउने अनि तलब कट्टी गरेर सँस्था चलाउने निती ठीक कि सरकारलाई दबाब दिएर अटोलोनको निती परिवर्तन गराई बिक्री बढाएर खर्च सन्तुलित गर्ने ???
अर्कोतिर बजारमा माग बढेको अवस्था नै छ्, कोरोनोको सन्क्रमण बढ्दो अवस्था र सार्वजनिक सवारीको प्रयोग घट्दै गर्दा दुई पाङ्रेमा स्कुटर्, बाइक अनि सेकेन्ड हयान्ड सवारीमा १० लाख मुनीका अनि नयाँमा ३० लाख मुनिका निजी सवारिको माग बढी नै रहेको छ्, यो अवस्थामा अटो लोनको रेसियो बढेर ८०-९०% सम्म मात्र पुग्ने हो भने पनि यो क्षेत्रले भोगेको अपुरणिय क्षतिलाई केहि सहज हुने थियो ।
अहिलेको परीस्थितीको सामना गर्न कतीपय ठुला आयतकर्ताले आफ्ना कर्मचारी कटौति, तलब कटौती अनि बेतलबी बिदा सुरु गर्नु यो क्षेत्र सँकटको घडीमा छ भन्ने प्रस्ट हुन्छ्, अर्कोतिर आयतकर्तालाई त एती धेरै गर्हो हुँदा देशै भरी रहेका सबै ब्रान्डका डिलरहरु अब कुन बाटो रोज्ने भन्ने धर्म स्ँकटमा छन्, बन्द कि पलायन ? ?
अहिलेको अवस्थामा डिलरहरुबाट कम गाडी बिक्री हुनु, अनि बैँकको ब्याज्, शोरुम सन्चालन खर्च साथै कर्मचारी तलबले हरेक महिना बढी रहेको घाटालाई रिकभर गर्ने अवस्था नै छैन्, सम्बन्धित आयतकर्ताबाट आउने सहयोग अनि सरकार एबम बैँकबाट आउने राह्तले आउने बाटो तय गर्ने पक्का छ, डिलर रहे बिक्री बढला अनि धेरै आयात भएर बिक्री बढे देशले राजस्व सँकलनको लक्ष्य पुर्यउला अनि कर्मचारीले नि रोजगारी सुन्स्चित भएको महशुस गर्लान र सम्पुर्ण आर्थीक गतिबिधी सुचारु हुँदै देशको आर्थीक बृद्धीको उद्देस्य पुग्ला नत्र सबै क्षेत्र कुहिरोको काग बन्ने पक्का पक्की छ ।
समय हुँदा नै सम्पुर्ण सरोकारवालाको ध्यान पुगोस अनि यो क्षेत्रले सिर्जना गरेको रोजगारी , आर्थीक बृद्धी अनि देशको राजस्वलाई टेवा पुगी नै रहोस ।
(गेलाल १४ बर्ष देखी अटोमोबाईल पेशामा आवद्ध ब्यबसायी हुन्)