काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओमा पूर्ण प्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो। आचार्य कृषि विकास बैंकका पूर्व कर्मचारी हुन्। अन्तिम तीन जनाको सूचिको पहिलो नम्वरमा कृष्ण गिरी, दोस्रोमा भिष्म चालिसे र तेस्रोमा पूर्ण प्रसाद आचार्यको नाम छनौट समितिले सिफारिस गरेको थियो ।
गत वर्षको असोज ९ गतेदेखि रिक्त सिईओ पदमा सिडिएस एण्ड क्लीयरिङ लिमिटेडले गत असार १६ गते आवेदन खुल्ला गरेको थियो । पूर्व सिईओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि का.मु सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी थिइन्।
सुरुमा ७ जनाको आवेदन परेकोमा छ जनाको नाम सर्ट लिष्टमा निकालेर प्रस्तुतिकरण लिएपछि अन्तिम तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो । आचार्यलाई चार वर्षका लागि सिईओ नियुक्त भएका हुन् ।