Connect IPS
IME Life

एनएलजीले लिलाम गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्सले जारी गरेको हकप्रद शेयर बिक्री नभई लिलामीमा राखेमा सो शेयर भर्ने आज अन्तिम दिन हो । संस्थापक र सर्वसाधारण शेयर गरी एक लाख ६१ हजार ७८ कित्ता सेयर लिलामीमा राखेको एनएलजीको शेयरमा आवेदन दिने साउन २९ गते अर्थात आज अन्तिम दिन हो ।

कम्पनीले साउन २२ गतेबाट संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३.२५ कित्ता सेयर लिलामीमा राखेको हो । यसअघि एनएलजीले असार ९ गतेबाट २५ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको शेयर अहिले लिलामीमा राखेको हो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

Prabhu
Crest

उक्त शेयर लिलामीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट छ । लिलामीमा भाग लिन लक्ष्मी क्यापिटल, नयाँ बानेश्वर काठमाडौं र एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय लाजीम्पाट काठमाडौंबाट पनि ओदन दिन सकिने जनाइएको छ । त्यसैगरी, लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, नारायणगढ, हेटौंडा, बुटवल, पोखरा, वीरगञ्ज, बाग्लुङ, दाङ (घोराही), सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS