काठमाडौं । आज मंगलबार काठमाडौ उपत्यकाका १३३ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १२ सय ७ जना पुगेको छ ।
उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ११० जना, ललितपुरका १५ र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो उपत्यकाका ४४ जनामा कोरोना देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।