IME Life New

कतार च्यारिटी र इस्लामिक रिलिफद्धारा ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । दुवै गैरसरकारी संस्था मिलेर तराईका ४ जिल्लामा रहेका क्वारेन्टाइनमा सरसफाइ कार्यक्रम समेत गरेको जनाएका छन् ।

विशेष गरी भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० वाट क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए ।

Esewa
Crest

च्यारिटिका प्रबन्धक शेखकाअनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रीकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो ।

उक्त कार्यक्रम अन्तर्गत ८० वटा क्वारेन्टाइनमा अस्थायी भनिए पनि १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वासिङ स्टेसन ९२ वटा, ८० वटा डिस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ ।

तीन वर्षअघि मात्र नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले बिभिन्न अप्ठारोमा नेपालमा सहयोग गर्दै आएको छ । अरब मुलुकको सबैभन्दा ठूलो गैर सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिब ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS