IME Life New

सीजी मोटोकर्पको आजदेखि ‘स्मार्ट सेभेन डे अफर’ सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले साउन २६ देखि सुरु हुने गरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।

उक्त योजना साउन ३२ गतेसम्म अर्थात ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुने सुजुकिले जानकारी दिएको छ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल ६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने जनाएको छ ।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८ दशमलव २५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS