IME Life New

कर्मचारी सञ्चय कोषको कर्जा अनलाइन मार्फत भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत कर्जा भुक्तानी गर्ने व्यवस्था गरेको छ । कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाइन माध्यमबाट गर्ने भएको हो।

यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अन्लाईन माध्यम मार्फत कनेक्ट आइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने जनाएको छ । साथै अबदेखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टर सम्म पुग्नुपर्ने बाध्यता नरहने पनि कोषको भनाई छ ।

यसका निम्ति ऋृणीले कनेक्ट आइपीएस ईपेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले  http://www.connectips.comमा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने जनाएको छ ।

ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईलर युसीआइएन नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुनेछ ।

कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो ।

सो सम्झौता अनुरुप गत वर्ष श्रावण देखी नै कोषले प्रदान गर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS