IME Life New

स्विजरल्याण्ड सरकारले साना सिंचाई कार्यक्रमका लागि २ अर्ब २ करोड रुपैयाँको सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। स्थानीय तह प्रदेश नं १ सरकारको सहकार्यमा कार्यान्वयन हुने उक्त सम्झौतामा अर्थमन्त्रालयका सह(सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्विट्जरल्याण्ड सरकारले १७ करोड ६० लाख डलर स्वीस फ्र्याङ्क २ अर्ब २ करोड रुपैयाँ बराबरको रकम सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम सानो सिंचाई कार्यक्रमको दोस्रो चरणको कार्यक्रमका लागि खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

यस कार्यक्रमको कुल बजेट ५ अर्ब ७० करोड अर्थात ४९ करोड ४६ लाख बराबर स्वीस फ्र्याङ्क मध्ये नेपाल सरकारले ८ करोड ८६ लाख स्वीस फ्र्याङ्क अर्थात एक अर्ब २ करोड रुपैयाँ खर्च गर्नेछ ।

त्यस्तै सहभागी स्थानीय तह र प्रदेश नं १ सरकारले उक्त योजनाको कुल बजेटको २० प्रतिशत योगदान गर्ने सम्झौतामा उल्लेख छ। यस्तै सिभिल कार्यहरूको लागि उपभोक्ता समितिहरुको कूल लागतको दशरदश प्रतिशत खर्च हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS