Connect IPS
IME Life

हायर मी नेपालले ५० हजारलाई रोजगार दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमडौं । हाल विश्वभर फैलिरहेको (कोभिड–१९) कोरोनासंक्रमणको कारण बिदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारीलाई मध्यजनर गर्दै हायर मि नेपालले उक्त जनशक्तिका लागि रोजगारको वातावरण सिर्जना गर्ने भएको छ ।

सरकारले आ।व २०७७र७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन श्रम सूचना बैंकको धारणा सार्वजनिक गरेको छ ।सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्धेश्यले नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेसले हायर मी नेपाल परियोजना संचालन भएको हो ।

Prabhu
Crest

स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बिचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिने हायर मि नेपालले जनाएको छ । रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ ।समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनु पर्ने वाध्यतलारुइ समाधान गर्नका लागि हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालनमा ल्याउन लागेको हो ।

देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ । श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको जानकारी दिएको छ ।

परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरीनेछ । रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको हायर मि नेपालले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS