काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशतमा खुम्चिने जनाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन २०२० मा नेपालको अर्थतन्त्र १ दशमलव प्रतिशतले मात्रै बढ्ने उल्लेख गरेको छ ।
केन्द्रिय तथ्यांक विभागले चालु आवमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । दक्षिण एसियामा पाकिस्तान र अफगानिस्तानको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
त्यस्तै, बंगलादेशको अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले वृद्धि तथा भारतको ४ दशमलव २ प्रतिशतले बढ्नेछ । माल्दिभ्यसको १३ प्रतिशत र श्रीलंकाको अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले ऋणात्मक हुने बताइएको छ ।