काठमाडौं । लोकसेवा आयोगले अन्तर्वार्तामा सहभागी हुनेहरुका लागि कोरोना परिक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।आयोगले यस अघि नै राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तवार्ता कार्याक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ।
त्यस्तै, स्वास्थ्य परीक्षण गराउन कुनै कठिानाई आइपरेमा आयोगका उपसचिव सन्तोषप्रसाद दाहाललाई सम्र्पक गर्न समेत आग्रह गरेको छ।













