IME Life New

यस्तो देखियो नाडेप लघुवित्तकोे तेस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ लाख ४८ हजार रुपैयाँ संचालन घाटा व्योर्हेनु परेको छ। गत वर्ष यस अवधिसम्म २ करोड २९ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आइपुग्दा घाटा व्योहेर्न पुगेको छ।

तेस्रो त्रैमासको अवधिसम्ममा संस्थाको नाफा सात लाख ३३ हजारमा खुम्चिएको छ । गत वर्ष यस अवधिसम्म उक्त कम्पनीले एक करोड ६८ लाख ६१ हजार खुद नाफा गरेको थियो । गत वर्ष ३५ लाख ३७ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको संस्थाले यस वर्ष ३६ लाख १ हजार रुपैयाँ गरेको छ ।

Esewa
Crest

जगेडाकोष रकम गत वर्षभन्दा १७ दशमलव ६६ प्रतिशत कम भएर १८ करोड ५१ लाख ४ हजार रुपैयाँमा कायम भएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा यस वर्ष ६ प्रतिशत बढी भएको छ ।

उक्त कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा करीब ११ प्रतिशत बढी अर्थात् दुई अर्ब ३९ करोड ८३ लाख भन्दा बढी कर्जा सापटी लिएर गत वर्षभन्दा १२ प्रतिशत बढी चार अर्ब १४ करोड ७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS