IME Life New

उपकूलपति नियुक्ती गर्न पोखरा विश्व विद्यालय कर्मचारी संघको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा विश्वविद्यालय कर्मचारी संघले आठ महिनादेखि रिक्त उपकूलपति लगायतका पदाधिकारीहरु तत्काल नियुक्ती गर्न माग गरेको छ । संघका अध्यक्ष शिवराज पण्डितले आइतबार बिज्ञप्ति जारी गर्दै पोखरा विश्व विद्यालयमा उपकूलपति नियुक्ती गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

‘८महिना देखि विश्व विद्यालय नेतृत्व विहीन अवस्थामा रहंदा विश्वविद्यालयको समग्रविकास र बिस्तारमा बाधा पर्न गएको र हालसम्म पनि उपकुलपति नियुक्ती नगरिएको तर्फ यस संघको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

Esewa
Crest

आश्विनबाट पोखरा विश्वविद्यालयको उपकुलपति पद औपचारिक रुपमा रिक्त भएको तर २०७६ आषाढ महिना देखि नै उपकुलपति पूर्व अवकाश बिदामा बसेको कारण पोखरा विश्व विद्यालयको अवस्था भद्रगोल भएको भन्दै जतिसक्दो चाँडो उपकूलपति नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।

पोखरा विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीको संख्याको आधारमा त्रिभुवन विश्वविद्यालय पछिको सबैभन्दा ठुलो विश्वविद्यालय हो भने मोफसलमा स्थापना भएको भएतापनि अन्तर्राष्ट्रियस्तरमा पनि यस विश्वविद्यालयको प्रतिष्ठा र छवि राम्रो रहंदै आएकोछ । निजीक्षेत्रको सहभागितामा समेत संचालन हुने पोखराविश्वविद्यालयलमा ४ वटा आंगिक ५८ वटा नीजि र ४ वटा संयुक्त आंगिक कलेजहरु रहेका छन् । झण्डै ४० हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS