IME Life New

शाखा अधिकृत र नासुको परिक्षा लकडाउन खुलेपछि, लोकसेवा आयोगले गर्यो निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा संचालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि देशको अवस्था सामान्य भएपछि लिने आयोगले जनाएको छ ।

लोक सेवा आयोगको बैठकले गरेको निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन् ।

Esewa
Crest

यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो ।

त्यस्तै, निजामती सेवाको हकमा कुनै चरणको परीक्षा कार्यक्रम प्रथम चरण परीक्षा लिखित परीक्षा प्रयोगात्मक परीक्षा आदि पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरुको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS