IME Life New

नौ जना कोरोना संक्रमित थपिए, कूल संख्या तीन सय नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर उत्पात मच्चाएको कोरोनाले नेपालमा पनि फैलने क्रम तीव्र बनाउन थालेको छ । यसैक्रममा रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । नयाँ संक्रमितसँगै कूल कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । रौतहटमा स्थानीय तहमा फैलिएको क्षेत्रबाट संकलन गरिएको नमुना पोजेटिभ देखिएको छ भने बारामा अर्का पत्रकारमा कोरोना संक्रमण देखिएको छ । एक एफएममा मार्केटिङ गर्ने पत्रकारमा कोरोना संक्रमण देखिएको हो । रौतहटको इसनाथ नगरपालिका चार वटा वडामा कोरोनाको संक्रमण थप फैलिएर भयावह बनिसकेको अनुमान गरिएको छ ।

Esewa
Crest

यसअघि गए राति पनि कोरोना संक्रमितहरु थपिएका थिए । मन्त्रालयका अनुसार धनकुटा र विराटनगरमा गरी दुई जना कोरोना संक्रमित थपिएका थिए । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन घोषणा गरेपनि मानिसहरु विभिन्न बाहनामा घरबाहिर निस्कने क्रम नरोकिँदा कोरोनाको संक्रमण थप भयावह बन्ने जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS