काठमाडौँ : नेपाल धितोपत्र बोर्डको बिहीबार बसेको बैठकले सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । लकडाउनका कारण चैत ११ देखि बन्द रहेको कारोबार ५१ दिनपछि मंगलबार र बुधबार खुलेको थियो ।
अरुबेला दैनिक पाँच घन्टा खुल्ने सेयर कारोबार लकडाउनका बेला २ घन्टा खोल्ने निर्णय भएपनि तर दुई दिन नै सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको हो । कारोबार रद्द गर्न निर्देशन दिएपनि दुइ दिनको कारोबार रद्द हुने कि नहुने केहि जानकारी गराइएको छैन।