काठमाडौं । फस्र्ट माईक्रोफाइनान्सले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले चैत मसान्तसम्ममा ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। फाइनान्सले अघिल्लो आर्थिक बर्षको सोपिह अवधिमा ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो बर्षको तुलनामा फाइनान्सको नाफा ५ प्रतिशत ६८ प्रतिशतले घटेको छ।
तेस्रो त्रैमाससम्ममा फाइनान्सको खुद ब्याज आम्दानी र संचालन नाफा दुबै घटेर खुद नाफामा समेत घटेको छ । फाइनान्सको खुद ब्याज आम्दानी ४ दशमलव २६ प्रतिशर र संचालन नाफामा ४ दशमलव ८९ प्रतिशतले घटेको छ ।
तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ३८ लाख रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी १४ रुपैषँ ४३ पैसा रहेको छ ।