IME Life New

प्रधानमन्त्रीले सम्बोधनमा घोषणा गरेको ‘स्वास्थ्यकर्मीको बीमा’ अलपत्र अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा गरेको सम्बोधनमा कोरोना रोगको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँको बीमा गरिएको उल्लेख गरे । आफ्नो सम्बोधनको क्रममा १५ औं मिनेटमा प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यक उपकरणसहित २५ लाखको बीमा गरिएको बताएका थिए ।

प्रधानमन्त्रीले यसअघि मन्त्रिपषिदको बैठकबाट निर्णय गरेको तथा दुई दिन पहिले बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले समेत कोरोना रोगको उपचारमा खटिने स्वास्थ्यकर्मीको २५ लाखको बीमाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest

इन्स्योरेन्स खवरले प्रधानमन्त्रीको सम्बोधनको क्रममा उल्लेख भएको बीमाको अवस्था के छ ? भनेर बुझ्ने प्रयास गर्दा नेपालका कुनै पनि कम्पनीमा बीमा बीमा शुल्क भुक्तानी गरी बीमा गरिएको पत्ता लागेन । त्यति मात्रै नभई प्रधानमन्त्री कार्यालयबाट बीमाको प्रक्रिया समेत अघि नबढाएको पाइएको छ ।

सो सम्बन्धमा प्रधानमन्त्री कार्यालयले कही कतै समन्वय समेत नगरेको खुलेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कोरोना रोगको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको समेत २५ लाखको म्यादी बीमा अर्थात मृत्यु भएमा मात्रै भुक्तानी गर्ने गरी बीमा गर्ने कुरा भएको छ । प्रधानमन्त्रीले घोषणा गरेको बीमाको लागि राष्ट्रिय बीमा संस्थानसँग दररेट माग्ने काम मात्रै भएको खुलेको छ ।

यता, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकले प्रधानमन्त्री कार्यालयले दररेट माग गरेको र आफूहरुले दररेट बुझाएको बताए । संस्थानले सरकारसँग दररेट बुझाउने बाहेकको थप कुनै पनि सम्झौता भएको छैन । प्रमुख प्रशासक पाठकले सरकारले आफैले कोषबाट रकम दिने, बीमा नगर्ने भन्ने पछिल्लो जवाफ आएकोले संस्थानले थप प्रक्रिया अघि बढाएको छैन ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे स्वास्थ्यकर्मीको बीमा हालसम्म कुनै पनि बीमा कम्पनीले नगरेको बताउँछन् । पाण्डेले सबै कम्पनीहरुलाई सहभागी गराई पुलमार्फत बीमा गर्न सकिने र त्यसको लागि आफूहरु तयार रहेको बताउँछन् । तर, सरकारले हालसम्म कुनै प्रस्ताव नल्याएको अध्यक्ष पाण्डेको भनाई छ ।

उता, नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले कुनै एउटा कम्पनी विशेषलाई भन्दा पनि सबै जीवन बीमा कम्पनीहरुलाई सहभागी गराएर पुलमार्फत गराउँदा सबैभन्दा उत्तम हुने बताउँछन् । कुनै एउटा कम्पनी विशेषले बीमा गर्दा ठूलो जोखिम भएको अवस्थामा कम्पनी नै टाट पल्टिन सक्ने अवस्था हुने, महामारीको विदेशी कम्पनीमा पुनर्बीमा गर्न समेत नसकिने हुँदा सामूहिक जोखिम बहनको बाटो नै उत्तम हुने सिईओ रायमाझीको भनाई छ ।

प्रधानमन्त्रीले आज गरेको सम्बोधनमा प्रम ओलीको सचिवालयका एक सदस्यसँग सम्पर्क गर्दा बीमा प्रक्रिया पूरा नहुँदासम्म कुनै आपत आइपरेमा तत्कालको लागि कोषबाटै व्यहोर्ने बताउँदै बीमा प्रक्रियाको लागि टास्कफोर्सले काम गरिरहेको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS