काठमाडौं । कोरोना भाइरसले (कोभिड १९) कोषका लागि गेरुवा गाउँपालिका वडा नं. ४ गोविन्दपुर निवासी , युवा व्यवसायी हरपल फड्सका अध्यक्ष जनक बहादुर धामीले एकलाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।
उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला बर्दिया जिल्ला क्षेत्र नं. २ अन्र्तगतको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी ले स्थानीय सरकारको दायित्व र जिम्मेवारी बोध गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालनी गरेको स्थानीय निकाय अभियान हो ।