IME Life

कोरोना महामारीमा एनसेलद्वारा मेडिकल प्याकेज सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दूरसञ्चार प्रदायक संस्था एनसेलले ‘एनसेल कल टु डाक्टर’ सेवा शुरू गरेको छ । नेपाल चिकित्सक संघ, हाम्रो पात्रो एप र एनसेलको प्राविधिक सहयोगमा उक्त सेवा शुरू गरिएको संस्थाले जानकारी दिएको छ ।

उक्त सेवामार्फत कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो असर देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्श लिन पाइने संस्थाले जनाइएको छ ।

Prabhu
Crest

सेवा प्रयोग गर्न ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट कोभिड डट हाम्रोपात्रो डट कम’मा लगइन गरी आफ्नो समयअनुसार अनलाइन बसेका डाक्टरहरूसँग भिडियो कल गर्न सकिने एनसेलले बताएको छ ।

डाक्टर अनलाइन भएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर भिडियो कलमार्फत परामर्श लिन सकिनेछ । सेवाबाट कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएका नागरिकको मात्रै गुनासो सुन्ने बताइएको छ ।

त्यसैगरी एनसेलले आफ्ना ग्राहकका लागि एनसेल सापटी रकममा , निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र ‘स्टे होम प्याक’ को सुविधा पनि सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको महामारीमा कम्पनीले ब्यालेन्स ट्रान्सफरको सिमा १ दिनमा अधिकतम ३ पटकबाट २० पटक पु¥याएको छ । एनसेल सापटी सेवाअन्तर्गत ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्यूनतम ४० रुपैयाँ देखि अधिकतम दुई सय रुपैयाँ सम्म सापटी लिन सक्नेछन् भने ५०, रुपैयादेखिँ १ हजार रुपैयाँसम्मको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS