IME Life New

कालोबजारी गरे टोल फ्रि नम्बर ११४९ मा फोन गर्न गृहमन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाको कारणले देश संकटमा परेको बेलामा व्यपारीहरुलाई कालोबजारी रोक्न र उपभोक्ताहरुलाई सचेत रहन आग्रह गरेको छ । बिहिबार गृह मन्त्रालयले एक सूचना जारी गदै कालोबजारी गरेको शंका लागेमा मन्त्रालयको कुनै पनि शूल्क नलाग्ने टोल फ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरेको छ ।

यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले निम्नानुसारका निर्णयहरु :

Esewa
Crest

१ काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने

२ आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।

३ पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

४. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै विक्रेताहरुले आ(आफ्नो टोल फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने ।

५दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिकारनगरपालिकाहरुले मिलाउने ।

६ काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।

साथै मन्त्रालयले जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोल फि नम्बर ११४९ मा फोन गरी सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS