IME Life New

कोरोना बिरुद्ध लड्न धितोपत्र बोर्डको ५० लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना बिरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

धितोपत्र बोर्डका विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको अवस्थामा त्यसको नियन्त्रणका लागि उक्त रकम योगदान गर्ने निर्णय गरेको बोर्डले जानकरी दिएको छ ।

Esewa
Crest

उक्त कोषमा सरकारले ५० करोड राखिसकेको छ भने मन्त्रीहरुले एक महिनाको तलब योगदान गर्ने घोषणा गरिसकेका छन्।

त्यसैगरी सरकारी, गैरसरकारी तथा निजी संस्थाहरु सर्वसाधारणलाइ समेत योगदान गर्न सरकारले आगह गरेको छ। सरकारको आग्रह अनुसार धितोपत्र बोर्डले पनि उक्त रकम कोषमा योगदान गर्ने भएको हो।

उक्त कोषमा इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS