IME Life New

कोरोना भाइरसका कारण फोनपेको ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागी स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना फोनपेले तत्कालका लागि बन्द गर्ने भएको छ ।
२ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तरगत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् ।

तीन सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन् । विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागी स्थगित गरेको छ ।

Esewa
Crest

स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गारइने कम्पनीले जनाएको छ । फोनपेले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS