काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ। निगमको सोमबार बसेको सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घटाएको छ ।नयाँ मूल्य अनुसार उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ । त्यस्तै, एलपीजी ग्यासको मूल्य यथावत राखेको छ ।