IME Life

फिनिसिङ हुँदै गरेको पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेक्युरिटी प्रेस खरिद काण्डमा भ्रष्टाचारको आरोप लागेपछि विवादमा परेका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको गेटमा शक्तिशाली विस्फोट भएको छ । शक्तिशाली विस्फोटका कारण घरमा लाखौंको क्षति पुगेको छ भने वरपरका अधिकांश घरका सिसा फुटेका छन् ।

Prabhu
Crest

बुधबार बिहानै एक्कासी ठूलो आवाजसहित धुवा आएपछि सो क्षेत्रमा स्थानीयबासी अत्तालिन पुगेका थिए । करिब ७ः४५ बजेको समयमा शक्तिशाली विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भत्तपुरले जनाएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि वरपरका घरका सिसाहरु चर्केका छन्, भने पार्किङ गरिराखेको बा१९च ४७८१ नम्वरको मारुती भ्यानमा क्षति पुगेको छ । नयाँ बनाउँदै गरेको घर भएका कारण मानवीय क्षति नभएको हो । मन्त्री हुनुअघि एक तल्ला मात्रै रहेको बाँस्कोटाको निजि निवास मन्त्री भएपछि तल्ला थप गरी तीन तल्लाको बनाएर फिनिसिङ हुँदै गरेको थियो । विस्फोटबाट घरको गेट ध्वस्त भएको छ भने घरका सबै सिसाहरु फुटेका छन् । त्यस्तै भित्ताहरु समेत बमको छर्राले लागेर क्षतविक्षत भएको छ ।

सेक्युरिटी प्रेस खरिदमा ठूलो आर्थिक घोटाला गरेको आरोप लागेपछि सञ्चार मन्त्री बास्कोटाले यही फागुन ८ गते पदबाट राजिनामा दिन बाध्य भएका थिए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

घट्नामा एकीकृत जनक्रान्तिको मार्गमा अघि बढेको विद्रोही नेकपाको संलग्नता आशंका गरिएको छ । सो पार्टीमाथि प्रतिबन्ध लगाएको एक वर्ष आज पुरा भएको छ । प्रतिबन्ध लगाएपछि महासचिव बिप्लवले नेतृत्व गरेको सो विद्रोही पार्टीका विरुद्धमा पूर्व सञ्चार मन्त्री बाँस्कोटाले गैर राजनीतिक र लुटेराको समुह भन्दै गालीगलौज गर्दै आएका थिए । सो पार्टीले यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवास पछाडिको विवादित जग्गामा शक्तिशाली विस्फोट गर्दै जग्गा कब्जा गरिएको घोषणा गरेको थियो ।

बम विस्फोट पछि छिट्टै घर सर्ने योजनामा रहेका सञ्चार मन्त्रीको बसाई सराई रोकिएको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओलीको निजि निवास बालकोटमा बस्दै आएका बाँस्कोटा नयाँ घरमा सर्ने तयारीका साथ धमाधम फिनिसिङको काम भइरहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS