GBIME
IME Life

रिचार्जर एपमा होलीको टीसर्ट १ रुपैयाँमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ।रङहरुको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ ।

रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नुपर्नेछ । १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २४९ क्यास प्वाईन्ट र १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ ।

SKYWELL
Crest

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ । क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंङ गर्दा दुई दर्जन बैंकको इ बैंकिंग, इसेवा लगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले गरेको छ ।

ग्याजेटस् तथा ईलेक्ट्रोनिक्स सामानहरु रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । रिर्चाजरले ‘नेपाली लाई नेपाल घुमाउने’ नाराका साथ सस्तो मुल्यमा टुर प्याकेज साथै हेलि राईड उपलब्ध गराईरहेको छ । पोखराको साईड सिन हेलिकप्टर बाट ५ हजार ९९९ रुपैयाँमा मात्र उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

रिचार्जर एपमा मेबाईल, ल्यापटप, टिभी , फ्रिज किस्ताबन्दिमा र टुर प्याकेज ब्राण्डेड सामानहरु सुपथ मुल्यमा किन्न सकिन्छ । काठमाण्डौ उत्पत्यका भित्र नाईट फुड एण्ड ड्रिंकस् सर्भिस बेलुकी ६ बजेदेखि बिहान साढे ३ बजे सम्म अर्डर गर्न सकिन्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS