IME Life New

मिस कल्चर नेपालको बिजेता बनिन् प्रतिक्षा बास्तोला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारेकी छिन् ।

Esewa
Crest

पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जितेका हुन् ।

‘हाम्रो सस्कृती हाम्रो पहिचान लोपोन्मुख सस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना सहभागी रहेका थिए । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसिले गरेका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत बिजय लामिछाने, हरपल फुडस प्रालीका अध्यक्ष जनक धामी , सिजि ब्रुअरिका ब्रान्ड म्यानेजर मनिष सिह, पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, सिजी बु्रअरीका गण्डकी प्रदेश प्रमुख सुवोद रिसाल, सिजी फुड्सका गण्डकी प्रदेश प्रमुख गोविन्द शर्मा, सिजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर दिवाकर नकर्मी र सेल्स हेड् हरिशचन्द्र अर्याल, कि एड्भर्टाइजिङ्गका बजार प्रवन्धक दिनेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकहरूमा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ्ग स्कूलका प्राचार्य कविराज बराल, फिल्मि डिरेक्टर सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण र मिडियाकर्मी कमल बराल रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS