IME Life New

२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् ।

नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड गरी चार बर्गमा बर्गीकरण गरेको थियो । सो मध्ये कुनै पनि बीमा कम्पनी जेडभन्दा माथि जान सकेनन् । जबकि केही करोड रुपैयाँ लगानी रहेको लघुवित्त कम्पनीहरु जी बर्गमा परेका छन् । बी बर्गमा कुनै पनि कम्पनीहरु परेनन् भने जी बर्गमा हाईड्रपावर तथा लघुवित्त कम्पनीहरु परेका छन् ।

Esewa
Crest

दुई अर्ब रुपैयाँ भन्दा बढि चुक्ता पुँजि भएका सात वटा जीवन बीमा कम्पनी र एक अर्ब चुक्ता पुँजि भएका १५ वटा निर्जिवन बीमा कम्पनीसहित २२ वटै बीमा कम्पनीहरु अन्तिम बर्ग अर्थात जेड बर्गमा परेका छन् । बीमा समितिले बीमाको पहुँच बृद्धि भएको भन्दै बीमा कम्पनीहरुले राम्रो काम गरिरहेको चर्चा गरिरहँदा नेपाल स्टक एक्सचेन्जको सूचिकरणमा भने कम्पनीहरु निकै पछाडि धकेलिएका हुन् ।

हाल संचलामा रहेका ४० वटा बीमा कम्पनीहरुमध्ये ७ वटा जीवन बीमा कम्पनीहरु र १५ वटा निर्जिवन बीमा कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । ‘जेट’ वर्गमा कुल १७३ वटा कम्पनीहरु सूचीकृत भएका छन् । यस्तो सूचिकरणमा सबैभन्दा धेरै शेयर मूल्य भएको युनिलिभर समेत परेको छ । त्यसैगरी, प्रभु बैंक, नेपाल बैंक, नबिल बैंक लगायतका नाम चलेका कम्पनीहरु समेत जेड बर्गमै परेका छन् ।

जीवन बीमा कम्पनीबाट एशियन लाइफ, गुँरास लाइफ, लाइफ इन्स्योरेन्स कर्पोशन, नेशनल लाइफ, नेपाल लाइफ, प्राइम लाइफ, सूर्या लाइफ इन्स्यारेन्स ‘जेट’ वर्गमा सूचीकृत भएका छन् ।

त्यस्तै निर्जिवन बीमा कम्पनीबाट एभरेष्ट इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स ‘जेट’ वर्गमा सूचीकृत भएका छन् ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गनुपेर्न व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नेप्सेले दोस्रो त्रैमासका वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । साथै नेप्सेले नेप्सेको वर्गीकरणमा चित्त नबुझेको खण्डमा ३५ दिन भित्र प्रमाण सहित निवेदन पेश गर्न आग्रह गरेको छ ।

अधिकांश बीमा कम्पनीहरु नेप्सेको सूचिकरणमा पछाडि पर्नुको कारण साधारणसभा समयमा नगरेकाले हो । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा ढिलाई हुँदा साधारणसभा झण्डै एक वर्ष ढिला हुने गरेको छ । नेपालमा एक्चुरियल भ्यालुएशन गर्ने जनशक्तिको आभाव तथा विदेशमा पठाउनुपर्ने समस्याको कारण ढिलाई हुँदा कम्पनीहरुले समयमा मुनाफा समेत वितरण गर्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS