काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो तनावको प्रत्यक्ष असर इराकमा परेको छ । इरान र अमेरिका बीचको बढ्दो तनावका कारण विश्वअर्थतन्त्रमाथि आइपरेको खतरा अझै टरेको छैन । इराकमा जारी अमेरिका विरोधी प्रदर्शनमा एक दर्जनको मृत्यु भएको छ भने अज्ञात समुहले इराकस्थित अमेरिकी दुताबासमा रकेट आक्रमण गरेको छ ।
इराकको बगदादस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण भएको हो । विश्वकै शक्ति सम्पन्न राष्ट्र अमेरिकी दुताबास विश्वकै सबैभन्दा सुरक्षित र व्यवस्थित बनाइएको हुन्छ । सोही दुताबासमा रहेको एक रेष्टुरेन्टमा आइतबार रकेट हमला भएको इराकको बासन्यूजले जनाएको छ । अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि बढेको इरान
अमिरिका तनाव युद्धको अवस्थामा नै छ । इरानले गरेको लगातारको रकेट आक्रमणपछि कतिपय क्याम्पका अमेरिकी सेना सुरक्षित स्थानमा सरिसकेका छन् ।
आफ्नो दुताबासमा रकेट आक्रमणपछि अमेरिकी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इराक सरकारलाई दायित्व पुरा गर्न आग्रह भनेको छ भने इरान सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।