काठमाडौं । साताको अन्तिम दिन नेप्से १५ दशमलव ९५ अंकले घटेर १२९७ दशमलव ४७ को विन्दुमा कायम भएको छ । लाइफ इन्स्योरेन्स र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।
आज दिनभरिमा १ सय ७२ कम्पनीको ३७ लाख ८४ हजार २ सय ९ कित्ता शेयर किनबेच हुदा १ अर्ब ३८ करोड ४२ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ४० लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
सिनर्जी पावरको लगानीकर्ताले १० प्रतिशतको दरले कमाएको छ भने , सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले ७ प्रतिशतको दरले गुमाएका छन् ।