काठमाडौं । माच्छापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।
अनुमति पश्चात माच्छापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी माच्छापुच्छ्रे क्यापिटल लिमिटेडले पनि मर्चेन्ट व्यवसाय गर्न पाउने भएको छ ।हाल माच्छापुच्छ्रे क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।