Connect IPS
IME Life

२० अंकले बढ्यो नेप्से, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से २६ अंकले बढेर १,३१० दशमलव २३ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स कम्पनीको उपसूचक ४ दशमलव १६ प्रतिशतले बढेको छ । जीवन बीमा उपसूचक तथा माइक्रोफाइनान्स उपसूचक क्रमश ३ प्रतिशतले बढेका छन् ।
आज दिनभरिमा १ सय ८१ कम्पनीको ५० लाख २५ हजार ५ सय ६३ कित्ता शेयर किनबेच हुदा १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १ सय ७ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टलरीको १४ करोडमाथिको कारोबार भएको छ ।

सर्वाधिक कारोबार भएको १० कम्पनी
त्यस्तै, सिवम् सिमेन्टको १३ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । एनआइसी एशियाको ६ करोड ८३ लाख,प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंकको ४ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

सर्वाधिक बढाउने कम्पनी
आज सबैभन्दा धेरै नविल प्रगति फण्डका लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स, आइसीएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, तिनाउ मिसन डेभलपमेन्ट बैंक, आशा लघुवित्त, नेशनल माइक्रोफाइनान्स लगायतका कम्पनीले कमाएका छन् ।

सर्वाधिक घटाउने कम्पनी
आज सबैभन्दा धेरै महिला सहयात्रा लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् । अरुण कावेली, सानिमा बैंक डिवेञ्चर, नेशनल हाइड्रोपावर कम्पनी, लक्ष्मी इक्यिुटी फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS