IME Life New

नेप्सेमा सूचिकृत कम्पनीका शेयरधनीले नगद लाभांश लिने सजिलो उपाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेप्सेमा सूचिकृत कम्पनीका शेयरधनीहरुले नगद लाभांश प्राप्त गर्नका लागि निम्न प्रकृया अपनाउनुपर्दछ । शेयरधनीहरुलाई सजिलोको लागि लाभग्राही ठानी यी उपाय सुझाइएको हो ।

पहिलो चरण : नगद लाभांश प्राप्त गर्नका लागि शेयरधनीहरुले हितग्राही खाता खोली आफुले खाता खोलेको निक्षेप सदस्य (डिपी) को मा गएर आफ्नो प्रमाणपत्र डिम्याट गराउने, हितग्राही खातामा अनिवार्य बैंक खाता अद्यावधिक गराउने गर्नुपर्दछ ।

Esewa
Crest

दोश्रो चरण : डिम्याट गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नभएको शेयरधनीले निक्षेप सदस्यकोमा गएर बैंक खाता अद्यावधिक गराउनुपर्दछ ।

तेश्रो चरण : शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा नगद लाभांश वितरणको सूचना जारी भएपछि लाभांश वापतको रकम आइपिएसमार्फत साधारणतया ३ दिनदेखि १५ दिनभित्रमा सोही खातामा स्वतः प्राप्त हुनेछ ।

चौथो चरण : साधारणतया बैंक खाता अपडेट गरेको बढीमा १५ दिनभित्र नगद लाभांश खातामा जम्मा हुने हुँदा सो नभएमा शेयरधनीहरुले आफूले खाता खोलेको निक्षेप सदस्य (डिपी) मा गई आफ्नो बैंक खाताको विवरण रुजु गनुपर्दछ । फरक भेटिएमा सच्चाउने र सही रहेता पनि बैंक खातामा जम्मा नभएको खण्डमा मात्र सम्वन्धित कम्पनीको शेयर रजिष्टार कम्पनीमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS