IME Life New

इक्यानमा नयाँ नेतृत्व, कुन पदमा को को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीका छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४औं अधिवेशनले प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिवार काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न अधिवेशनबाट सर्वसम्मतीले नयाँ नेतृत्व चयन गरेको हो । भूतपूर्व अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको इक्यानले जनाएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा देवीदास भट्टराई, दितिय उपाध्यक्षमा शेषराज भट्टराई, त्रितिय उपाध्यक्षमा कृष्णहरि केसी, महासचिवमा दीपकराज भूषाल, प्रथम सचिवमा बासुदेव दाहाल, द्वितीय सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहकोषाध्यक्षमा कर्ण बहादुर गुरुङ र सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाई, रत्न भट्टराई, सुुवास गौतम, बिकल्पराज पोखरेल, आर्यन उप्रेती, नवराज भट्टराई, आशिक कार्की, शिव त्रिपाठी छन् । साथै क्यानले मनोनित सदस्यमा पुष्पराज भट्टराईलाई नियुक्त गरेको छ ।

Esewa
Crest

नव निर्वाचित अध्यक्ष पाण्डेले आगामी दिनमा इक्यानलाई सबैले अपनत्व गर्न सक्ने साझा संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र प्रकाश पाण्डेबीच को अध्यक्ष हुने भन्ने विषयमा अन्तिम समयसम्म छलफल चलेको थियो । यद्यपि नयाँ कार्यसमितिमा सबै पक्षलाई राम्रोसँग समेट्न नसकेको र काम गर्न सक्ने क्षमतावान केही व्यवसायी बाहिर छुटेको भन्ने चर्चा पनि इक्यानमा अधिवेशनमा सुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS