काठमाडौं । आज मङगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । नेप्से १ दशमलव ९२ अंकले घटेर १,१६६ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज फाइनान्स, निर्जीवन बीमा समुह,जीवन बीमा, म्युचल फण्ड, उत्पादनमुलक तथा अन्य बाहेकका सबै उपूचक बढेका छन् ।
दिनभरिमा १ सय ७७ कम्पनीको १३ लाख २ हजार ९ सय ८६ कित्ता शेयर किनबेच हुँदा ४४ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, सिवम् सिमेन्ट र हिमालयन डिस्टीलरीको २ करोडमाथिको कारोबार भएको छ । एशियन लाइफ इन्स्योरन्स कम्पनी, नागरिक लगानी कोष, ज्योती विकास बैंक प्रोमोटर शेयर साल्ट ट्रेडिङ लगायतका कम्पनीको १ करोडमाथिको कारोबानर भएको छ ।
विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल टेलिकमका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन् ।