काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय बिचमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यवसायिक अभियानमा भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्ने भएको छ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ ।