IME Life New

प्रभु इन्स्योरेन्सको लिलामी शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्स्योरेन्सको लिलामी शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सक्ने भएको छ । प्रभु इन्स्योरेन्स को हकप्रदमा अवितरित भएको संस्थापक र साधारण समूहको एक लाख ३७ हजार १६ कित्ता शेयर भदौ १७ गते आज देखि खुल्ला भएको छ । कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामी ल्याएको हो ।

कम्पनीले १५ हजार ८६१ कित्ता संस्थापक समूहको र एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामीमा ल्याएको हो । लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा दश कित्ताले भाग जाने गरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ । गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ र प्रतिशेयर नेनटवर्थ २१४ रुपैयाँ छ । कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ४७४ रूपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS